Logo

बैंकिङ समुह बढ्दा ७ अंकले उकालो लाग्यो नेप्से, किन बढ्यो एभरेष्टको कारोवार ?

बैंकिङ समुह बढ्दा ७ अंकले उकालो लाग्यो नेप्से, किन बढ्यो एभरेष्टको कारोवार ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक उकालो लागेको छ । बजार खुलेदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा ६ दशमलव ८१ अंक बढेको छ । आइतबार नेप्से परिसुचक १ हजार ७ सय २२ दशमलव ५३ अंममा पुगेर अडिएको छ ।

बजारमा बैंकिङ समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक बढेको हो । नेप्समा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ११ अंकले बढेसँगै समग्र नेप्से परिसुचक बढ्न गएको हो ।

दिनभर सवैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोवार भएको छ । एभरेष्टको ११ करोड १४ लाख रुपैयाँ बरावरको ३२ हजार कित्ताभन्दा बढी सेयर कारोवार भएको छ । आइतबार सो कम्पनीको सेयर मूल्य ८० रुपैयाँले बढ्न गएको छ ।

यसैगरी बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर तथा नेपाल बंगलादेश बैंकको पनि ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ । बजारमा दिनभर विकास बैंक, होटल, फाइनान्स तथा उत्पादनमुलक समुहको परिसुचक बढेको छ । तर, बजारमा जलविद्युत र इन्स्योरेन्स समुहको परिसुचक भने ओरालो लागेका छन् ।

बजारमा दिनभर कुल १ सय ४५ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल १ अर्ब ४३करोड रुपैयाँ बरावरको २२ लाख १७ हजार कित्ता सेयर कारोवार भएको छ । पछिल्लो समय बजारमा सेयर कारोवार हुने कम्पनी समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL