Logo

नेप्सेले दियो थप ११ ब्रोकर कम्पनीलाई संचालन अनुमति, नयाँ ब्रोकर कम्पनी संख्या ३६ पुग्यो

नेप्सेले दियो थप ११ ब्रोकर कम्पनीलाई संचालन अनुमति, नयाँ ब्रोकर कम्पनी संख्या ३६ पुग्यो



काठमाडौं । थप ११ नयाँ ब्रोकर कम्पनीले संचालन अनुमति पाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई संचालन अनुमति दिएको हो ।

नेप्सेले गरिमा सेक्युरिटिज् लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, इन्दिरा सेक्युरिटिज् प्रालि, एनएमबि सेक्युरिटिज् लिमिटेडलाई सेयर ब्रोकरको लाइसेन्स दिएको हो ।

यस्तै नेप्सेले आकाश भैरव सेक्युरिटिज, सानिमा सेक्युरिटिज, मिल्की वे सेयर ब्रोकर कम्पनी, स्टकस्कार्टट सेक्युरिटिज, एसपीएसए सेक्युरिटिज् लिमिटेड र ब्लु चिप सेक्युरिटिज् लिमिटेडलाई पनि लाइसेन्स दिएको जानकारी दिएको छ ।

यससँगै नेप्सेबाट संचालन अनुमति पाउने कुल ३६ नयाँ कम्पनी पुगेका छन् । यसअघि नेप्सेले पटक पटक गरी २५ कम्पनीलाई संचालन अनुमति दिईसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL