Logo

नेप्से ६.४५ अंकले घट्यो, कारोबार रकम साढे ७९ करोडमै सीमित

नेप्से ६.४५ अंकले घट्यो, कारोबार रकम साढे ७९ करोडमै सीमित



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापन सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सेयर बजारमा कारोबार हुने रकममा गिरावट आएको छ । अनुसार आज नेप्से सूचक ६.४५ अंकले घटेको छ ।

यसैगरी, मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार सेयर बजारमा ७९ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ९ करोड ९१ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएको एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनएमबी माईक्रोफाईनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबार २७५ कम्पनीको २४ लाख ४० हजार ९ सय २९ कित्ता सेयर कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका १३ उपसमूह मध्ये २ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी ११ उप समूहको सेयर मूल्य घटेको छ । आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ७ करोड ५८ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनको २ करोड ९५ लाख रुपैयाँ, आइएमई लाइफको २ करोड ८२ लाख रुपैयाँ, घोराही सिमेन्टको २ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL