Logo

सामान्य बढ्यो सुनको भाउ, प्रतितोला ५९ हजारमा कारोवार, चाँदीमा पनि बृद्धि

सामान्य बढ्यो सुनको भाउ, प्रतितोला ५९ हजारमा कारोवार, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइतवार सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन प्रतितोला १ सयले बढेर ५९ हजार रुपैयाँमा पुगेको हो ।

यसअघि शुक्रवार सुनको भाउ ५८ हजार ९ सय रुपैयाँमा झरेको थियो । त्यस्तै आइतवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आइतवार चाँदी तोलाको ९ सय ५ रुपैयाँ पुगेको छ । शुक्रवार चाँदीको ८ सय ९५ रुपैयाँमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्