Logo

नेप्सेमा सात अंकको वृद्धि, १ अर्ब ९ करोडको कारोबार

नेप्सेमा सात अंकको वृद्धि, १ अर्ब ९ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सात अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा उकालो लाग्दा १९ सय ६७ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर कुल २ सय ७० कम्पनीको ३४ लाख ३२ हजार २ सय ६७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ९ करोड ९१ लाख ३९ हजार माथि पुगेको छ ।

आज कारोबार भएकामध्ये १ सय २६ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ८९ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । उकालो लागेका कम्पनीमध्ये आज थ्रिस्टार जलविद्युत र दोल्ती पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्