Logo

प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीको मूल्यांकन गर्न समिति गठन, कम्पनीको मूल्य कटौती गर्ने अधिकार

प्रिमियममा आइपीओ जारी गर्ने कम्पनीको मूल्यांकन गर्न समिति गठन, कम्पनीको मूल्य कटौती गर्ने अधिकार



काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको मूल्य मुल्याङकन गर्न अध्ययन समिति गठन गरेको छ । बोर्डले प्रिमियममा आईपीओ जारी गर्न आवेदन दिएका कम्पनीको मूल्य उचित छ छैन लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको हो।

प्रिमियममा आईपीओ जारी गरेका संस्थाले राखेको मूल्य सान्दर्भिक छ कि छैन भनेर उक्त समितिले आईपीओ निष्काशन पूर्व अध्ययन गर्छ । यदि कम्पनीले राखेको मूल्य बढी भएको छ, वा सान्दर्भिक छैन भने त्यसलाई घटाउनको लागि उक्त समितिले कम्पनीलाई निर्देशन दिनसक्ने बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।

‘कम्पनीको अडिट प्रिन्सिपलको आधारमा समितिले उक्त कम्पनीको मुल्याङक गर्छ,’ श्रेष्ठले भने, ‘कम्पनीले अडिट प्रिन्सिपलमा रहेर गर्नुपर्ने कामहरु गरेको छ कि छैन, त्यसमा जोड्नु पर्ने कुराहरु जोडेको छ कि छैन, अडिटको काममा केहि नराम्रो गरेको लगायतका कुराको अनुसन्धान उक्त समितिले गर्छ ।’

बोर्डले नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्था (आईक्यान), नेपाल धितोपत्र बोर्डको नियमन विभाग र बोर्डको नियमन महासाखा गरेर तीन सदस्यीय समिति बनाएको श्रेष्ठले जानकारी दिए । बोर्डले बनाएको उक्त समितिले आगामी दिनमा प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीले सुक्ष्म अध्ययन गर्ने भएको मूल्यमा छलकपट गर्न नपाउने श्रेष्ठको दावी छ ।

पछिल्लो समय प्रिमियम मूल्यमा जारी गरिएको घोराही सिमेन्ट प्रकरणमा बोर्डमाथि नै प्रश्न उठेपछि बोर्डले मूल्यांकन समिति गठन गरेको बोर्डका एक अधिकारी बताउँछन् । यस अघि घोराही सिमेन्टको सेयर मूल्यांकनमा अन्डरराइटिङ र प्रबन्धक कम्पनीबीच नै मिलेमतो रहेको विषयमा बोर्डले अध्ययन नै नगरीकन निष्काशन स्वीकृति दिएको भन्दै आलोचना भएको थियो । यस मूल्यांकन समिति नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को सहयोगमा गठन गरेको हो ।

प्रवक्ता श्रेष्ठले घोराही सिमेन्टपछि प्रिमियममा आइपिओ जारी गरिएका कम्पनीहरूको प्रस्तावित मूल्यभन्दा केहि मुल्य मूल्यांकन समितिबाट घटाइएको बताए । बोर्डका अनुसार घोराही सिमेन्टपछि रिलायबल लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्सको प्रस्ताविक मूल्यबाट घटाइएको हो ।

केहि दिन अगाडीमात्र बोर्डबाट स्वीकृत प्राप्त भएको सोनापुर मिनरल आयल (तेल)ले प्रस्ताव गरेको मूल्यभन्दा केहि मूल्य घटाउनको लागि कम्पनीलाई निर्देशन दिईएको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL