Logo

सन नेपाल लाइफको आइपीओ बाँडफाँट, ७ लाख ३२ हजारले हात पारे १० कित्ता

सन नेपाल लाइफको आइपीओ बाँडफाँट, ७ लाख ३२ हजारले हात पारे १० कित्ता



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ले काठमाडौंमा एक कार्यक्रमकाबीच भदौ आज आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओ भाग्यमानी ७ लाख ६८ हजार जना भाग्यमानी आवेदकहरूले मात्र १० कित्ताका दरले हात पारेका छन् । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य समेत प्रतिकित्ता २ सय ३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ विक्री गरेको हो । सर्वसाधारणमा उक्त आईपीओ साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो ।

कम्पनीको आईपीओ खरीदका लागि तोकिएको अवधिसम्म १४ लाख ६६ हजार ८ सय ६२ जनाको आवेदन परेको थियो । यी आवेदकहरूबाट १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर माग भएको थियो । तिमध्ये रितपूर्वक नभएको भन्दै ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथाको माध्यमाबाट भएको बाँडफाँटमा सहभागी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL