Logo

‘स्टेला एयर फ्रेसनर’ नेपाली बजारमा, हावालाई लामो समयसम्म सुगन्धित राख्ने

‘स्टेला एयर फ्रेसनर’ नेपाली बजारमा, हावालाई लामो समयसम्म सुगन्धित राख्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा इण्डोनेशियाको उत्पादन ‘स्टेला एयर फ्रेसनर’को आधिकारिक रुपमा बिक्री सुरु भएको छ । बिहीवार देखि काठमाडौंमा सो एयर फ्रेसनरको विक्री शुरु भएको हो । यसले कोठा, मोटर र बाथरुममा हावा सुगन्धित बनाउन र पुरानो दुर्गन्ध हटाउन सहयोग गर्छ । साथै हावालाई लामो समय सम्म सुगन्धित राख्ने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार अलग अलग ठाउँमा प्रयोग गर्न विभिन्न गुणस्तर र आकारमा स्टेला उपलब्ध छ। स्टेला मोटर र कोठामा प्रयोग गर्न २५० र ४०० मिलिलिटरमा उपलब्ध छ भने बाथरुमका लागि ४० मिलिलिटरमा उपलब्ध छ । यस बाहेक कागजको बट्टामा ७० ग्रामको ठोस एयर फ्रेसनर पनि उपलब्ध छ ।

स्टेला एयरको मूल्य यसको आकार अनुसार फरक तोकिएके छ । नेपालमा यसको बिक्री प्रवद्र्धन गोदरेज कन्जुमर प्रोडक्टस् लिमिटेडले गरेको हो।

प्रतिक्रिया दिनुहोस्