Logo

नाडा अटो शोको तयारी अन्तिम चरणमा, १२० स्टल रहने, अग्रिम टिकट बुकिङमा २० प्रतिशत क्यासब्याक

नाडा अटो शोको तयारी अन्तिम चरणमा, १२० स्टल रहने, अग्रिम टिकट बुकिङमा २० प्रतिशत क्यासब्याक



काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपाल (नाडा)ले यो बर्षको मेलाको अन्तिम तयारी थालेको छ । भदौ २६ देखि ३१ गते सम्म चल्ने उक्त मेलाका लागि हालसम्म स्टल बुकिङ सम्पन्न भएको नाडाले जानकारी दिएको हो ।

सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवालाहरुसहितको उक्त मेला नाडाको १५ औं मेला हो । प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने नाडाले जानकारी दिएको छ । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराििष्ट्रय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।
प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा, आदिका छुाछुै स्टलहरु रहने नाडाले जानकारी दिएको छ ।

नाडाले प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डु मल, सैनिक कल्याणकारी भवन, बस पार्क भ्युटावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गर्ने बताएको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । आज देखि भाद्र २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीद्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्