Logo

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ४ महिनायताकै न्यून

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम ४ महिनायताकै न्यून



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागको नेप्से अन्तिम समयमा भने ५ अंकले उकालो लाग्दै १९ सय ९८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज परिसुचक बढेपनि कारोबार रकम भने एक अर्ब रुपैयाँ बराबरको पनि हुन नसकेको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसार आज कुल २ सय ७९ कम्पनीका ३६ लाख ७० हजार ७ सय ३१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९८ करोड ८६ दलाख २८ हजार रुपैयाँमा सीमित भएको हो । यो पछिल्लो ४ महिनायताकै न्यून कारोबार हो ।

आज कारोबार भएकामध्ये ९७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा १ सय १८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । त्यसमध्ये पनि कुथेली बुखरी स्माल हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज लक्ष्मी सनराइज बैंकको सबैभन्दा बढी ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL