Logo

साढे २ अंकले बढ्यो नेप्से, १ अर्व ३३ करोडको कारोवार

साढे २ अंकले बढ्यो नेप्से, १ अर्व ३३ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक २ दशमलव ६९ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ७ सय १५ दशमलव ७२ अंकमा पुगेर बन्द भएको हो ।

बुधवार उत्पादन समुहको परिसुचक सवैभन्दा बढी २१ दशमलव ४४ अंकले बढेको छ । त्यस्तै होटल समुह १८ दशमलव ४२, फाइनान्स १३ दशमलव २३बैंकिङ ५ र अन्य समुहको परिसुचक १ दशमलव १७ अंकले बढेको छ ।

सो दिन बीम, विकास बैंक र जलविद्युत समुहको परिसुचक भने क्रमशः ३७ दशमलव ४२,५ दशमलव ७५ र ४ दशमलव ३२ अंकले ओरालो लागेको छ ।

बुधवार १ य ३९ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ४१ लाख ८७ हजार कित्ता सेयरबाट १ अर्व ३३ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्