Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तिममा २०.५४ अंकले घट्दै १९९३ को विन्दुमा पुगेको हो ।

आज कारोबार अवधिभर कुल २ सय ८० कम्पनीका ३८ लाख ९५ हजार २ सय ३६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २६ करोड २७ लाख रुपैयाँमा सीमित भएकाे छ । यो गत हप्ताको शुक्रबारको तुलनामा कम हो ।

आज दिनभरको कारोबारमा १ सय ९५ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा २८ कम्पनीको सेयरमूल्य भने बढेको छ । सेयरमूल्य बढेका कम्पनीमध्ये कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सेयर कारोबार भएकामध्ये सबैभन्दा बढी एशियन लाईफ इन्स्योरेन्सको ७ करोड माथिको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्