Logo

अउडीका विद्युतीय कार नेपाली बजारमा, एकपटक चार्ज गरे साढे तीन सय किलोमिटर गुड्ने

अउडीका विद्युतीय कार नेपाली बजारमा, एकपटक चार्ज गरे साढे तीन सय किलोमिटर गुड्ने



काठमाडौं । जर्मन विलासी कार अउडीका विद्युतीइ कारहरु आधिकारिक रूपमा नेपाल भित्रिएका छन् । नेपालमा अउडीको आधिकारिक विक्रेता काइरोस इन्टरनेसनलले औडीका विद्युतीय कार नेपाली बजारमा सार्वजनिक गरेको हो ।

हाल कम्पनीले अउडी ‘क्यु फोर ३५ ई–ट्रोन’ का दुई भेरिएन्ट ‘ई–ट्रोन ३५’ र ‘ई–ट्रोन ३५ स्पोर्टब्याक’ नेपालमा उपलब्ध गराएको छ। यी विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक छ। यसमा रहेको मोटरको पिक पावर १ सय २५ किलोवाट छ। यसको ग्राउन्ड क्लियरेन्स १ सय ८० मिलिमिटर (एमएम) छ।

अउडीको यो कारले एकपटक फुलचार्जमा ३ सय ४९ किलोमिटर रेन्ज दिने डब्लुएलटिपीले प्रमाणित गरेको छ।

सुरुमा दुई मोडेल नेपाल भित्र्याएको कम्पनीले आगामी दिनमा अन्य मोडेलसमेत भित्र्याउने बताएको छ। कम्पनीले उच्चस्तरीय सर्भिसका लागि समेत तयारी गरेको जनाएको छ।

अउडी क्यु फोर ३५ ई–ट्रोनको नेपालमा बजार मूल्य १ करोड ४५ लाख ३३ हजार २० रुपैयाँ र औडी क्यु फोर ३५ ई–ट्रोन स्पोर्टब्याकको मूल्य १ करोड ५० लाख ७३ हजार ९ सय ३६ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL