Logo

१२ कम्पनीको आइपीओ आउँदै, डिसहोमदेखि सर्वाेत्तम र रिलायन्ससम्म पाइपलाईनमा

१२ कम्पनीको आइपीओ आउँदै, डिसहोमदेखि सर्वाेत्तम र रिलायन्ससम्म पाइपलाईनमा



काठमाडौं । बिभिन्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा २ करोड ९६ लाख कित्ताभन्दा धेरैको आईपीओ ल्याउनको लागि आवेदन दिएका छन् । विभिन्न क्षेत्रका १२ वटा कम्पनी साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका हुन् ।

१२ वटा कम्पनीले कुल २ करोड ९६ लाख ६७ हजार ४ सय ८४ कित्ता बराबरको आईपीओ ल्याउको लागि धितोपत्र बोर्डमा बिभिन्न समयमा आबेदन दिएको बोर्डले जानकारी दिएको छ । यसरी आवेदन दिने कम्पनीहरुमध्ये २ कम्पनीले बुक बिल्डिङमार्फत आईपीओ ल्याउन लागेका छन । धितोपत्र बोर्डका अनुसार यस अवधिमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिलले बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउने तयारी गरेका हुन ।

बुक बिल्डिङमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रियामा सर्वोत्तम र रिलायन्सले केहि समय अगाडी अक्सन पनि सम्पन्न गरिसकेका छन् । अक्सनमा कम्पनीले कटअफ प्राईस (आशय मूल्य) पनि निर्धारण गरिसकेका छन् । संस्थागत लगानीकर्ताका लागि सर्वोत्तम सिमेन्टले ४ सय रुपैयाँ कटअफ प्राइस राखेको छ ।

यता रिलायन्स स्पिनिङ मिलले भने प्रतिकित्ता ७ सय रुपैयाँ मूल्य राखेर बुक बिल्डिङमार्फत आइपीओ निष्काशन गर्न लागेको श्रोतले जानकारी दिएको छ । बाँकी १० कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले आईपीओ निष्कासन गर्न लागेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

जसमा हिम स्टार कम्पनीले ११ लाख १९ हजार सय कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । मुक्तिनाथ कृषि कम्पनीले ४ लाख कित्ता सेयर निष्काशन गर्न आवेदन दिएको छ ।

कुन कम्पनीले कति आईपीओ ल्याउँदै छन ? (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्
MBL