Logo

काठमाडौंमा गाडीभाडा बढ्यो, अब चढ्ने वित्तिकै १९ रुपैयाँ तिर्नुपर्ने

काठमाडौंमा गाडीभाडा बढ्यो, अब चढ्ने वित्तिकै १९ रुपैयाँ तिर्नुपर्ने



काठमाडौं । बागमती प्रदेश सरकारले बागमति प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । बिहीबार ईन्धनको मूल्य बढेको भन्दै बागमति प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकालगायत बागमति प्रदेशभित्र चल्ने सवारीसाधनको भाडादर समायोजन गरेको हो ।

यससँगै अब काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीसाधनमा कम्तिमा १९ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि ५ किलोमिटरसम्मको दुरीमा १८ रुपैयाँ भाडा कायम गरिएको थियो । यस्तै १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

यससँगै बागमती प्रदेश सरकारले ट्याक्सी भाडा पनि बढाएको छ । अब ट्याक्सीको सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्