Logo

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो बजार, २०६ कम्पनीको सेयरमूल्य ओरालो

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो बजार, २०६ कम्पनीको सेयरमूल्य ओरालो



काठमाडौं । यो साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकले गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम समयमा ३१.५२ अंकले ओरालो लाग्दै २०१३ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर २ सय ७५ कम्पनीका ४६ लाख ५७ हजार १ सय ३७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ५५ करोड ५ लाख ८२ हजार रुपैयाँ माथि पुगेको हो ।

नेप्से परिसुचक ओरालो लाग्दा आज कारोबार भएकामध्ये २ सय ६ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने १७ कम्पनीको सेयरमूल्यमा मात्रै सुधार आएको छ । आज सेयरमूल्य उकालो लागेका कम्पनीहरुमध्ये कुथेली बुखरी स्माल हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकाराच्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी सोल्टी होटलको ७ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक २४३ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL