Logo

माइक्रोम्याक्सको क्यू ३४९ स्मार्टफोन बजारमा, मूल्य ११ हजार

माइक्रोम्याक्सको क्यू ३४९ स्मार्टफोन बजारमा, मूल्य ११ हजार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माइक्रोम्याक्सको नयाँ क्यू ३४९ (क्यानभास सेल्फि फो) मोवाइल बजारमा भित्रिएको छ । सो फोन १ दशमलव ३ गीगाहर्जको क्वाड कोर प्रोसेसरमा संचालन हुन्छ ।  ५ दशमलव ० इन्चको स्क्रिन रहेको सो फोनमा १ जीवि र्याम र  २५ सय एमएएचको ब्याट्री राखिएको छ ।

यस फोनमा उच्च रिजोल्यूशन सहितको ८ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट क्यामरा छ । जसबाट जिवन्त तस्विर कैद गर्न सकिन्छ । जसमा प्रोक्सिमिटसी सेन्सर प्रयोग गरिएको छ । १ दशमलव ३ गीगाहर्ज क्वाड कोर प्रोसेसरमा आधारित यो स्मार्टफोन द्रूत र सहजरुपमा संचालन हुने उत्कृष्ट फोन मध्ये एक भएको कम्पनीको दावी छ ।

त्यसैगरी यसमा भएको ट्याप सेन्सले यो फोनलाई थप आकर्षक बनाएको छ । यो फोनमा फोटो खिच्दै फोन फोन उठाउन मिल्ने सुविधा भएको बताइएको छ । एन्ड्रोइयडको मार्शमाल्लो ६ दशमलव ० भर्सनको अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ड्यूल माइक्रो सिम प्रयोग हुन्छ ।

यसमा ८ जीबीको इन्टरनल रोम रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ भने यसले थ्रीजी सपोर्ट गर्दछ । यो स्मार्टफोनको बजार मूल्य ११ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL