Logo

दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब ५१ करोडको कारोबार

दोहोरो अंकले बढ्यो सेयर बजार, १ अर्ब ५१ करोडको कारोबार



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । यसदिन सेयर बजार मापक नेप्से सूचक २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा उक्लिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार १७.६९ अंकले बढ्दै २०१५.९८ बिन्दुमा पुगेको थियो । बुधबार बजार समग्रमा १.४६ प्रतिशत बढेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा यस दिन कारोबार रकम पनि केहि बढेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । बुधबार १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका सबै उपसूचकहरु उकालो लागेका छन् । यस दिन सबैभन्दा धेरै जलविद्युत उपसमुह तर्फको सेयर मूल्य धेरै बढेको छ । यस समुहतर्फको सेयर मूल्य आज २.७४ प्रतिशत बढेको छ । बुधबार २७३ कम्पनीको ४२ लाख ३७ करोड ६९ कित्ता सेयर ४४ हजार ३४० पटक कारोबार भएको छ ।

आज कारोबामा आएको ३ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलसम्म पुगेको छ । यसदिन सबैभन्दा धेरै घोराई सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको आज ७ करोड ५७ लाख ६५ हजार ८९४ रुपैयाँ बराबरको १ लाख ४९ हजार ४ सय ९९ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL