Logo

करिव ४ अंकले घट्यो नेप्से, १ अर्व २९ करोडको कारोवार

करिव ४ अंकले घट्यो नेप्से, १ अर्व २९ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ३ दशमलव ८० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय १३ अंकमा झरेर बन्द भएको हो । कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ७५ दशमलव ५१ अंकले घटेको छ । त्यस्तै विकास बैंक १६ दशमलव ६४,फाइनान्स ६ दशमलव ८५,होटल ३ दशमलव ८३ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुह ० दशमलव २२ अंकले ओरालो लागेको छ ।

यता उत्पादन, अन्य र जलविद्युत समुह भने क्रमश २३ दशमलव १२,५ दशमलव ८७ र ५ दशमलव १ अंकले उकालो लागेको छ । मंगलवार १ सय ३९ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १९ लाख कित्ता सेयरबाट १ अर्व २९ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्