Logo

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट



काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लाग्दै उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १७.६९ अंकले बढ्दै २०१५.९८ को विन्दुमा पुगेर रोकिएको हो ।

मंगलबार कुल २ सय ७७ कम्पनीका ६० लाख ३१ हजार कित्ता सेयर ३४ हजार ५ सय ८ पटक किनबेच हुँदा कारोबार रकम १ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पुगेको छ । सोमबार १ अर्ब ४० करोड माथिको सेयर कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीहरुमध्ये १ सय ८१ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ४२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुमारी बैंकको प्रमोटर सेयर सबैभन्दा बढी २८ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समुहको परिसुचक उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्