Logo

१९ सयको विन्दुमा झर्याे नेप्से, सोमबार पनि दोहोरो अंकले घट्यो बजार

१९ सयको विन्दुमा झर्याे नेप्से, सोमबार पनि दोहोरो अंकले घट्यो बजार



काठमाडौं । सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १२.९३ अंकले घट्दै १९९८ को विन्दुमा पुगेर रोकिएको हो ।

आज २ सय ७२ कम्पनीका ४१ लाख ६३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४० करोड ८९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

आज कारोबार भएकामध्ये १ सय ७१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४८ कम्पनीको सेयरमूल्य भने बढेको छ । जसमध्ये लक्ष्मी लघुवित्त र कुथेली बुखारी स्माल हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज शिवम सिमेन्टको सबैभन्दा बढी ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्