Logo

ठुलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, विक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

ठुलोखोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, विक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल नियुक्त



काठमाडौं । ठुलो खोलो हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लगि सिटिजन्स क्यापिटल लिमिटिेडलाई विक्री प्रवन्धकमा नियुक्त गरेको हो । आईतबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच साधारण सेयर निष्काशनसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्नेछ ।

ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना’ म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्