Logo

नेप्से निरन्तर ओरालो बाटोमा, २१ अंकले घटेको बजारमा १९० कम्पनीको सेयरमूल्यमा गिरावट

नेप्से निरन्तर ओरालो बाटोमा, २१ अंकले घटेको बजारमा १९० कम्पनीको सेयरमूल्यमा गिरावट



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिममा २१.९९ अंकले घट्दै २०११ को विन्दुमा पुगेर रोकिएको हाे ।
आईतबार कुल २ सय ६९ कम्पनीका ४४ लाख ५९ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९ सय ४२ रुपैयाँमा सीमित भएको छ ।

आज कारोबार भएकामध्ये १ सय ९० कम्पनीको सेयरमूल्य ओरालो लाग्दा बाँकी २९ कम्पनीको सेयरमूल्यमा वृद्धि र ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज आइएमई लाईफ इन्सुरेन्स कम्पनीको सेयर कारोबार सबैभन्दा बढी ६ करोड ६३ लाख रुपैयाँ माथि पुगेको छ ।
आईतबार बजार उच्च अंकले घट्दा सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्