Logo

२ दशमलव ३७ अंकले ओरालो लाग्यो नेप्से, साढे १ अर्वको कारोवार

२ दशमलव ३७ अंकले ओरालो लाग्यो नेप्से, साढे १ अर्वको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक २ दशमलव ३७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय १६ दशमलव ८३ अंकमा झरेर बन्द भएको हो ।

सोमवार कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ७८ दशमलव ८ अंकले ओरालो लागेको छ । त्यस्तै जलविद्युत २० दशमलव ८१,होटल ६ दशमलव ६७ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ३ दशमलव ९६ अंकले घटेको छ ।

सो दिन अन्य समुहको परिसुचक २ दशमलव ३४ अंकले ओरालो लागेको छ । यतअ फाइनान्स र विकास बैंक समुहको परिसुचक भने क्रमशः ३८ दशमलव ९६ र २ दशमलव ९६ अंकले बढेको छ ।

सोमबार १ सय ४० ओटा कम्पनी कारोबारमा आएका थिए । ती कमपनीको १८ लाख १७ हजार कित्ता सेयरबाट १ अर्व ५४ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्