Logo

एफपीओको मूल्य निर्धारणका आधार तय गर्न कमिटि गठन, १ महिनाभित्र रिपोर्ट बुझाउने

एफपीओको मूल्य निर्धारणका आधार तय गर्न कमिटि गठन, १ महिनाभित्र रिपोर्ट बुझाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले फरदर पब्लिक अफरिङ (एफपीओ)को मूल्य निर्धारणको आधार तय गर्न कमिटि गठन गरेको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आईक्यान) बाट बोर्डमा प्रतिनिधित्व गर्ने महेश खनालको नेतृत्वमा कमिटि गठन गरेको हो ।

बोर्डमा सूचिकृत संस्थाले आफूखुशी एफपीओको मूल्य निर्धारण गर्न थालेपछि त्यसमा एकरुपकता ल्याउन कमिटि गठन गरिएको हो । खनालको संयोजकत्वमा गठित कमिटिमा बोर्डका विज्ञ संचालक, वाह्य विज्ञ, बोर्डका कार्यकारी निर्देशक र निर्देशक गरी ५ जना रहने समाचार स्रोतले जानकारी दिएको छ ।

उक्त कमिटिले १ महिनाभित्र मूल्य निर्धारणका आधारहरु तय गरी रिपोर्ट बुझाउनु पर्ने छ । उक्त रिपोर्टमा कुनै पनि कम्पनीले आफुले जारी गर्न लागेको एफपीओको मूल्य कुन–कुन अधारमा तय गर्न सक्नेछ भन्ने कुरा समावेश हुनेछ ।

केही समय अघि नेपाल लाइफ इन्स्योरेन्सले आफूखुशी एफपीओको मूल्य निर्धारण गरी बजार प्रभावित बनाएको भन्दै मूल्य निर्धारणको लागि बोर्डले कमिटि गठन गर्ने निर्णय गरेको थियो । मूल्य निर्धाणको आधार तय गर्न अझै १ महिना लाग्ने भएकाले नेपाल लाइफको एफपीओ आउन अझै केही समय लाग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL