Logo

थप ५ कम्पनीले पाए सेयर ब्रोकरको लाइसेन्स, यी हुन् कम्पनी

थप ५ कम्पनीले पाए सेयर ब्रोकरको लाइसेन्स, यी हुन् कम्पनी



काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप ५ सेयर ब्रोकरले लाइसेन्स पाएका छन् । बोर्डको बिहीबार बसेको संचालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकर लाइसेन्स दिएको हो ।

पूर्ण कारोबार गर्ने अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाल छन् । यसैगरी सजिलो ब्रोकर लिमिटेड ललितपुर, रोडसो सेक्युरिटिज लिमिटेड सुन्धारा र बेनी सेक्युरिटिज प्रालि बानेश्वरले सीमित कार्य गर्ने अनुमति पाएका छन् ।

बोर्डले २०७९ असोजमा ३० दिनको म्याद सहित सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । आवेदन दिएका ४५ मध्ये ४३ कम्पनीलाई लाइसेन्नसको पूर्वस्वीकृति दिएकोमा हालसम्म ३७ कम्पनीले लाइसेन्स पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL