Logo

८ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब ५४ करोडको कारोबार

८ अंकले उकालो लाग्यो नेप्से, १ अर्ब ५४ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ८ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ८.०१ अंकले बढ्दै २०३३ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज कारोबार अवधिभर २ सय ७१ कम्पनीका ४० लाख ९ हजार बढी कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड १३ लाख बढीको कारोबार भएको छ ।

आज १ सय ३५ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ७८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
बिहीबार सोल्टी होटल लिमिटेडको १३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्