Logo

रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँट, ३ लाख ९६ हजार आवेदक हातखाली

रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँट, ३ लाख ९६ हजार आवेदक हातखाली



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । सर्वसाधारणका लागि साउन २३ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरिएको कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलले आज बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको ९६ लाख कित्ता आईपीओका लागि १३ लाख ५६ हजार बढी जनाले आवेदन दिएका थिए । जसमध्ये ९ लाख ६० हजार जनाले १०–१० कित्ताका दरले सेयर पाएका छन् । यसरी ३ लाख ९६ हजार जनाले हातखाली भएका छन् । कम्पनीले जारी पूँजी ४ अर्ब रुपियाँको ३० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपियाँको आईपीओ निष्काशनका लागि सेबोनबाट स्वीकृति पाएको थियो । स्वीकृति पाए अनुसार कम्पनीले प्रतिकित्ता १५७ रुपियाँ प्रिमियम थप गरेर २५७ रुपियाँमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री गरेको हो ।

उक्त आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिएको छ । ६ लाख कित्ता कर्मचारी र ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९६ लाख कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL