काठमाडौं । साताको तेस्रो दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३१.८० अंकले ओरालो लाग्दै २०४५ को विन्दुमा पुगेर रोकिएको हो ।
आज कारोबार अवधिभर २ सय ७८ कम्पनीका ५६ लाख ३ हजार १ सय ७९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब १५ करोड ७३ लाख १२ हजार रुपैयाँ माथि भएको छ ।
यसरी आज २ सय १ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा २० कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज हिमालयन डिस्ट्रीलरीको सबैभन्दा बढी २० करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा शिवम सिमेन्टको १८ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् ।