Logo

अप्पर लोहोरे खोलाको आइपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता

अप्पर लोहोरे खोलाको आइपीओ बाँडफाँट, भाग्यमानी ९ जनाले पाए ११ कित्ता



काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सोमवार साँझ गोलाप्रथाबाट आईपीओ बाँडफाँटको गरेको हो ।

कम्पनीले सर्वसाधारणमा साउन १८ गतेदेखि २२ गतेसम्म आईपीओ विक्री गरेको थियो । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरेको थियो ।

जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको कम्पनीले कुल कित्तामध्ये १ लाख ९८ हजार ८ सय २४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र २ लाख ६ हजार ७ सय ६० कित्ता सेयर आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको थियो । स्थानीयका लागि ५ लाख ९ हजार ८ सय ४ कित्ता आईपीओ छुट्याईएकोमा सम्पूर्ण कित्ता भने वितरण हुन सकेन ।

स्थानीयमा वितरण हुन नसकेको समेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २ सय ७९ कित्ता आईपीओ सार्वजनिक निष्काशनमार्फत विक्री गरिएको हो । हालको बाँडफाँट व्यवस्था अनुसार भाग्यमानी १ लाख ९५ हजार ३२७ जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ९ जना आवेदकले ११ कित्ताका दरले आइपीओ हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL