Logo

एमजीले ल्यायो एक्सचेन्ज अफर, अब पुराना गाडी दिएर जेडएस ईभी पाईने

एमजीले ल्यायो एक्सचेन्ज अफर, अब पुराना गाडी दिएर जेडएस ईभी पाईने



काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी पाईनेगरी उक्त अफर सार्वजनिक गरेको हो ।

एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा उक्त अफर ल्याएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।

साउन २६ देखि भदौ २४ सम्म लागु हुने उक्त अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, बिर्तामोड, जनकपुर, पोखरा, बिरगन्ज, विराटनगरस्थित डिलरहरुमा उपलब्ध हुनेछ । यस अवधिमा ग्राहकहरुले आफ्नो पुरानो गाडीको उच्चतम मूल्याङ्कन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्