Logo

सगुनको मिनि आईपीओ खुला, विश्वभरबाट लगानी गर्न सकिने

सगुनको मिनि आईपीओ खुला, विश्वभरबाट लगानी गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामाजिक सञ्जाल सगुनले मिनि आईपीओ खुला गरेको छ । कम्पनीले मिनि आईपीओको पहिलो चरणको प्राइभेट प्लेसमेन्ट अन्तरगत विश्वरभरबाट लगानीको शुरुवात गरेको छ ।

सगुनमा योग्य लगानीकर्ताले कम्तिमा ५ हजार डलर लगानी गर्नुपर्ने छ । एक पटक खरिद गरिएको सेयर ५ बर्षसम्म किनबेच गर्न नपाइने कम्पनीले बताएको छ ।
प्रयोगकर्ता माझ सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउने उद्देश्यका साथ लगानीको अवसर दिइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले सेयर विक्रीमार्फत आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्नुका साथै नयाँ विशेषता बढाउने तथा मोवाइल एप्सको शुरुवात गर्ने भएको छ ।

सगुनले अमेरिका, क्यानडाका नागरिकका साथै विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै आइपीओ जारी गरेको हो । नेपाल बाहिर रहेका नेपाली नागरिकले सम्वन्धित देशको कानुन अनुसार लगानी गर्न सक्ने छन् ।

सगुन २०१४ मा स्थापना भएको हो । स्थापनाकालमा कम्पनीसँग २० लाख डलर भएकोमा हाल १ करोड ५० लाख डलर पुगेको छ । आगामी ४ महिनामा सगुनको पूँजी ६ करोड डलर पुग्ने आंकलन गरिएको छ । त्यस्तै सगुनले यो बर्षको अन्तिमसम्मा आफ्नो सोसियल स्मार्ट कार्ड उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL