Logo

धितोपत्र बोर्डले दियो थप ३ ब्रोकरलाई लाइसेन्स, नयाँ ब्रोकर संख्या ३२ पुग्यो

धितोपत्र बोर्डले दियो थप ३ ब्रोकरलाई लाइसेन्स, नयाँ ब्रोकर संख्या ३२ पुग्यो



काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३ नयाँ धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई लाईसेन्स दिएको छ । नेपाल धितोपत्र बार्डको बुधबार बसेको बोर्ड बैठकले थप ३ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

जसमा जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सिबीआइएल सेक्युरिटिज रहेका छन् । यससँगै धितोपत्र बार्डबाट लाइसेन्स पाउने नयाँ ब्रोकरको संख्या ३२ पुगेको छ ।

यसअघि साउन ५ मा ११ वटा कम्पनीलाई बोर्डैले लाइसेन्स दिएको थियो । त्यसभन्दा अघि बोर्डले बोर्डले विभिन्न समयमा गरी थप १८ नयाँ स्टक ब्रोकरहरुलाई लाईसेन्स दिईसकेको छ । धितोपत्र बोर्डले विभिन्न ४३ कम्पनीहरुलाई आशयपत्र दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL