Logo

प्रतितोला ५ सयले बढ्यो सुन, चाँदीमा पनि एकैपटक ३५ रुपैयाँले बृद्धि

प्रतितोला ५ सयले बढ्यो सुन, चाँदीमा पनि एकैपटक ३५ रुपैयाँले बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यूरोपियन युनियनबाट वेलायत वाहिरिने निर्णय सार्वजनिक भएसँगै अन्तरराष्ट्रिय बजारमा दैनिक जसो सुनको मुल्य घटवढ भइरहेको छ । जसको प्रभाव नेपाली बजारमा पनि पर्न गएको छ ।

साताको अन्तिम दिन नेपाली बजारमा सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढ्न गएको छ ।

शुक्रबार सुनको मूल्य बढेर प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी स्थानीय बजारमा चाँदीको मूल्य पनि एकपटक उच्च रुपमा बढेको छ । लामो समयपछि चाँदीको मूल्य एकै पटक प्रतितोला ३५ रुपैयाँले बढेको हो । बिहिबार प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोवार भएको सुनको मूल्य शुक्रबार ८ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्