Logo

ट्याक्सी चालक आन्दोलनमा, निजी सवारीमा यात्रु बोक्न रोक्न र ट्राफिक ज्यादती अन्त्य गर्न माग

ट्याक्सी चालक आन्दोलनमा, निजी सवारीमा यात्रु बोक्न रोक्न र ट्राफिक ज्यादती अन्त्य गर्न माग



काठमाडौं । बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा ट्याक्सी चालकहरुले सडकमै ट्याक्सी चेर्स्याएर आन्दोलन गरेका छन् । यातायात व्यवसायी केन्द्रिय महासंघ सम्बद्ध ट्याक्सी व्यवसायीहरुले ट्राफिक ज्यादति र निजी सवारीसाधनमा यात्रु बोक्न दिएको भन्दै आन्दोलन गरेका हुन् ।

महासंघका महासचिव भरत नेपालले पछिल्लो समय ट्याक्सी चालकहरुमाथि बढेको ट्राफिक प्रहरीको ज्यादति विरुद्ध आन्दोलन गरिएको बताए ।

उनले आन्दोलन कर्ता ट्याक्सी व्यवसायीहरुले केहि समयपछि यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष आफ्ना मागहरु राख्दै आन्दोलन स्थगित गर्नेछन् । आन्दोलनकर्ता ट्याक्सी व्यवासायीहरुले रातो नम्बर प्लेटमा यात्रु बोक्न बन्द गर्नुपर्ने, ट्राफिक ज्यादति अन्त्य गर्नुपर्नेलगायतका मागहरु राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL