Logo

घोराही सिमेन्ट प्रकरण : कारबाहीबाट जोगिन क्रेडिट रेटिङ खारेज

घोराही सिमेन्ट प्रकरण : कारबाहीबाट जोगिन क्रेडिट रेटिङ खारेज



काठमाडौं । केयर रेटिङ नेपालले घोराही सिमेन्ट कम्पनीको क्रेडिट रेटिङ खारेज गर्ने सूचना जारी गरेरको छ । कम्पनीले कारबाहीबाट बच्नको लागि सर्वसाधारणलाई बेचिसकेको सेयरको क्रेडिट रेटिङ खारेज गर्ने सूचना जारी गरेको हो ।

केयर रेटिङ्सले यसअघि गरेको क्रेडिट रेटिङका आधारमा घोराही सिमेन्टले प्राथमिक सेयर निष्कासन गरेर सर्वसाधारणसँग तीन अर्ब ४५ करोड रुपैयाँ संकलन गरिसकेको छ । यसरी गरिएको क्रेडिट रेटिङमा स्वार्थको द्वन्द्व भएको विज्ञप्ति निकालेर नियामक नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक सेयर निष्काशनको प्रक्रिया नै दुई हप्ता रोकिदिएको थियो । तर, अनुसन्धान पुरा नभइ असार २० मा फेरि प्राथमिक सेयर निष्कासनको प्रक्रियालाई खोलिदिएको थियो ।

केयर रेटिङ्सले घोराही सिमेन्टको रेटिङ रद्द गरेर कानूनी कारबाहीबाट उम्किन खोजे पनि रद्दको प्रक्रिया आफैंमा कानून विपरीत रहेको क्रेडिट रेटिङ नियमावलीको नियम २३ को उपनियम (२) को व्यवस्थाले देखाउँछ । उक्त व्यवस्थामा रेटिङ गरिएको धितोपत्रको निष्काशनकर्ता कम्पनी खारेज भएकोमा बाहेक अन्य अवस्थामा क्रेडिट रेटिङ संस्थाले रेटिङ कायम रहने गरी निश्चित गरिएको अवधि बाँकी रहेसम्म रेटिङ फिर्ता लिन पाउनेछैन भन्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL