Logo

नेप्सेमा दिनभर उत्तरचढाव, पहिलो दिनमै नेपाल लाइफको १८ करोडको कारोवार

नेप्सेमा दिनभर उत्तरचढाव, पहिलो दिनमै नेपाल लाइफको १८ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक १ दशमलव ३६ अंकले घटेको छ । दिनभर उत्तरचढाव भएको नेप्से परिसुचक अन्तमा घटेको हो ।

बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक मध्यभागमा आएर केही बढेको थियो । तर, आगामी दिनमा सरकारले सेयर कारोवारमा छानविन गर्ने हल्ला वाहिर आएसँगै पुनः ओरालो लागेको हो ।

बिहिबार १ हजार ७ सय २४ अंकबाट घट्न शुरु गरेको नेप्से परिसुचक मध्यभागमा १ हजार ७ सय ७ अंकसम्म झरेको थियो । साढे १ बजेबाट उकालो लागेको नेप्से परिसुचक पुनः ओरालो लागेको हो ।

बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक १३ दशमलव ७३ अंकले घटेको छ । उक्त समुहको परिसुचक ओरालो लागेसँगै समग्र नेप्से परिसुचक ओरालो लागेको हो । बजारमा होटल, उत्पादनमुलक र अन्य समुहको परिसुचक ओरालो लागेका छन् ।

बजारमा दिनभर १ सय ४२ कम्पनीको सेयर करोवार भएको छ । ती कम्पनीको कुल १ अर्ब ७५ करोड रुपैयाँ बरावरको २३ लाख २७ हजार कित्ता सेयर कारोवार भएको छ ।
धितोबोर्डले कारोवार खुला गरेको पहिलो दिनभै नेपाल लाइफ इन्स्योरेन्सको १८ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्