Logo

नेपाल लाइफको एफपीओ मूल्य हेरफेर हुँदै, लगानीकर्तालाई सजग रहन बोर्डको आग्रह

नेपाल लाइफको एफपीओ मूल्य हेरफेर हुँदै, लगानीकर्तालाई सजग रहन बोर्डको आग्रह


बिजखबर संवाददाता
27
Shares

काठमडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाईफ इन्स्योरेन्सको फरर्दर पब्लिक अफरिङ (एफपीओ) को मूल्य हेरफेर हुने भएको छ । इन्स्योरेन्सले यसअघि आफुखुशी एफपीओको मूल्य निर्धारण गरी सार्वजनिक गरेको थियो । कानुनी व्यवस्था अनुसार कुनै पनि कम्पनीले बोर्डबाट मूल्य र विवरण पत्र स्वीकृति गराउनु पर्छ ।

सो कम्पनीले आफुखुशी मूल्य निर्धारण गरेको भन्दै उक्त मूल्यमा हेरफेर हुने बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बुधबार प्रकाशित विज्ञप्तिमा बिहिबार थप स्पष्ट पार्दै बोर्डले उक्त जानकारी गराएको हो ।

यसअघि नै बोर्डले विद्यमान मापदण्ड अनुसार उक्त कम्पनीको एफपीओ मूल्य १ हजार रुपैयाँभन्दा माथी नहुने स्पष्ट पारिसकेको छ । तर, कम्पनीले भने २ हजार ८ सय ५१ रुपैयाँ प्रिमियम थपेर एफपीओको मूल्य निर्धारण गरेको थियो ।

हाल बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्ने सम्बन्धी कार्य अघि बढाएको छ । उक्त आधार अनुसार हाल इन्स्योरेन्सले पेश गरेको मुल्यमा हेरफेर हुने बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL