Logo

प्रतितोला ३ सयले ओरालो लाग्यो सुन, चाँदी भने १० रुपैयाँले बढ्यो

प्रतितोला ३ सयले ओरालो लाग्यो सुन, चाँदी भने १० रुपैयाँले बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य ओरालो लागेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मुल्य बिहिबार ओरालो लागेको हो ।

बिहिबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ५८ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । युरोपियन युनियनबाट ब्रिटेन अलग रहने निर्णय आएसँगै नेपाली बजारमा सुनको मुल्य एकैपटक सवैभन्दा बढी प्रतितोला ३ हजार रुपैयाँले बढेको थियो । तर, त्यसयता भने सामान्य रुपमा ओरालो लागेको छ ।

बजारमा चाँदीको मुल्य भने उकालो लागेको छ । बिहिबार बजारमा चाँदीको मुल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL