Logo

नेप्सेमा २८ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

नेप्सेमा २८ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लाग्न सुरु गरेको नेप्से अन्तिम समयमा २८.४० अंकले घट्दै २०१९ को विन्दुमा पुगेर रोकिएको हो ।

आज दिनभरका कारोबारमा कुल २ सय ६५ कम्पनीका ४८ लाख ६० हजार ७ सय १४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७३ करोड ७० लाख माथि पुगेको छ ।

यसअनुसार आज सबैभन्दा बढी आइएमई लाईफ इन्सुरेन्सको १७ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसरी आज स्वरोजगार लघु वित्त विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयरबजार दोहोरो अंकले घट्दा १ सय ९८ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने २२ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको हो ।

प्रतिक्रिया दिनुहोस्