Logo

नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोवार विहीबारबाट खुला, एफपीओको मुल्य अझै अन्योलमा

नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोवार विहीबारबाट खुला, एफपीओको मुल्य अझै अन्योलमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोवार खुला हुने भएको छ । धितोपत्र बोर्डले आज एक निर्णय गर्दे विहीबारबाट कारोवार खुला गरेको हो ।

नेपाल लाइफले केही समय अघि स्वीकृति नलिइ आफुखुशी फर्दर पव्लिक इस्यु (एफपीओ) को मुल्य निर्धारण गरेको भन्दै करोवारमा रोक लगाएको थियो । हाल कम्पनीले एफपीओको विवरणपत्र स्वीकृतिका लागि बोर्डमा पेश गरिसकेकाले कारोवार खुला गरिएको बोडद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हाल बोर्डले प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउन स्पष्ट नीतिगत आधार तयार गर्ने सम्बन्धी कार्य अघि बढाएको छ । सोका लागि केही समय लाग्ने र सो समयसम्म कारोवारमा रोक लगाउँदा लगानीकर्तालाई असर गर्ने भन्दै खुला गरेको हो ।

धितोपत्र सम्बन्धी कानुनी व्यवस्था अनुसार फर्दर पव्लिक इस्यु प्रिमियममा जारी गर्दा सो प्रयोजनका लागि विवरणपत्र तयार गरी बोर्डबाट स्वीकृत गराई सार्वजनिक निष्काशन कार्य अगाडि बढाउनु पर्नेमा सो नगरेको भन्दै आगामी दिनमा त्यसो नगर्न समेत सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्