Logo

छाला जूत्ता उत्पादक संघमा नयाँ नेतृत्व, अध्यक्षमा नेपाली

छाला जूत्ता उत्पादक संघमा नयाँ नेतृत्व, अध्यक्षमा नेपाली


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघको अध्यक्षमा जिवन नेपाली चयन भएका छन् । संघको सातौं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

साधाररण सभाले सदस्य सहित ११ सदस्यीय कार्यसमिति चयन गरेका छन् । जसको वरिष्ठ उपाध्यक्षमा बासु नेपाली, उपाध्यक्षमा प्रकास रोक्का, महासचिवमा हरेराम बोगटी रहेका छन् । यसैगरी कोषाध्यक्षमा राजेश बिसंखे र सचिवमा दिलकुमार बिसंखे चयन भएका छन् ।

संघको सदस्यहरुमा सान्नबाबु बोगटी, कुमार मग्राती, रमेश रोक्का, प्रलाद बोगटी र विकास पुर्कुटी चयन भएका छन् । संघको विधान अनुसार अन्य २ सदस्य भने अध्यषले मनोनित गर्ने छन् ।

कार्यक्रममा व्यापार तथा निकासि प्रवर्दन केन्द्रका कार्यकारि निर्देशक ईश्वरीप्रसाद घिमिरे, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरि र नेपाल हस्तकला महासंघका उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्