Logo

सामान्य उकालो लाग्यो नेप्से, १ अर्व ५८ करोडको कारोवार

सामान्य उकालो लाग्यो नेप्से, १ अर्व ५८ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । सो दिन सेयर बजार ० दशमलव ४० अंकले उकालो लागेर १ हजार ७ सय २४ दशमलव ५९ मा पुगेर बन्द भएको हो ।

बुधवार कारोवारमा आएकामध्ये बैंकिङ समुह बाहेक अन्य समुह उकालो लागेको छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ६२ दशमलव ६५ अंकले उकालो लागेको छ । त्यस्तै होटल २९ दशमलव १६,विकास बैंक १६,जलविद्युत १५ दशमलव ११, फाइनान्स ४ दशमलव ७३, उत्पादन ४ दशमलव ४४ र अन्य समुह २ दशमलव ३५ अंकले उकालो लागेको हो ।

सो दिन बैंक समुहको परिसुचक भने ८ दशमलव ५६ अंकले ओरालो लागेको छ । बुधवार १ सय ३७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ४६ लाख ८२ हजार कित्ता सेयरबाट १ अर्व ५८ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्