Logo

आईतबार ३८ अंकले घट्यो नेप्से, तीन बैंकको सेयर कारोबार सबैभन्दा बढी

आईतबार ३८ अंकले घट्यो नेप्से, तीन बैंकको सेयर कारोबार सबैभन्दा बढी



काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज उच्च अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिममा ३८.३७ अंकले घट्दै २०५१ को विन्दुमा पुगेको हो । आज बजारमा उच्च अंकको गिरावट आएपनि कारोबार रकम भने २ अर्ब ६८ करावेड ७१ लाख ४८ हजार रुपैयाँ माथि पुगेको छ ।

आज कारोबार अवधिभर २ सय ६५ कम्पनीका ८० लाख ७ हजार ३ सय ६१ कित्ता सेयर ६१ हजार ९ सय १७ पटक किनबेच भएका हुन् । यसरी कारोबार हुँदा आज लगानीकर्ताहरु बैंकिङ क्षेत्रमा झुम्मिएको देखिएको छ । जसअनुसार आज सबैभनदा बढी सेयर कारोबार पनि अमुक बैंकहरुकै भएको छ ।

आज सानिमा बैंकको १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एभरेष्ट बैंकको १२ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आज आइएमई लाईफ इन्सुरेन्स र नेपाल रिपब्लिक मिडिया प्रालिको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्