Logo

सुजुकीका दुई नयाँ एसयुभी नेपाली बजारमा, बजारमूल्य कति ?

सुजुकीका दुई नयाँ एसयुभी नेपाली बजारमा, बजारमूल्य कति ?



काठमाडौं । आगामी सोमबारदेखि नेपालभरका शोरुमहरुमा सुजुकीका दुई एसयुभी उपलब्ध हुने भएका छन्। सुजुकीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स अन्तर्गत सीजी मोटोकर्प र सीजी नेक्स्ट जेनेरेसनले दुई एसयुभी आगामी सोमबारदेखि नेपाली बजारमा उपलब्ध हुने घोषणा गरेको हो ।

कम्पनीले दुवै एसयुभीको बुकिङ गत असार २९ देखि नै खोलिसकेको छ। सुरुवाती मूल्य जिम्नीको ५९ लाख ९९ हजार र फ्रोन्क्सको ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

फाइभ डोर सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा रुचाइएको एसयुभी भएको कम्पनीको दाबी छ। सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी हो। जुन हेभी ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ। पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लिरियन्सका साथ यसको डिजाइन गरिएको छ।

अफरोड बाटोका लागि उत्तम हुने गरी निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्ट(प्ले प्रो इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ। यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक सुविधा छन्।

यसैगरी, फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयुभी हो। ‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ।

प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स र अत्याधुनिक सुविधाले सुसज्जित फ्रोन्क्सले नेपाली ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
MBL