Logo

सवै समुह उकालो लाग्दा ११ दशमलव ३५ अंकले बढ्यो नेप्से, १ अर्व ८४ करोडको कारोवार

सवै समुह उकालो लाग्दा ११ दशमलव ३५ अंकले बढ्यो नेप्से, १ अर्व ८४ करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ११ दशमलव ३५ अंकले बढेको छ । सो दिन सेयर बजार १ हजार ७ सय २४ दशमलव १९ अंकमा पुगेर बन्द भएको छ ।

मंगलवार कारोवारमा आएका सवै समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ३७ दशमलव ७५ अंकले बढेको छ ।

त्यस्तै जलविद्युत ३२ दशमलव ९९, होटल १७ दशमलव २२, उत्पादन १४ दशमलव ३९ र बैंकिङ समुहको परिसुचक १२ दशमलव ७८ अंकले बढेको छ । त्यस्तै विकास बैंक ५ दशमलव ६९,अन्य ४ दशमलव ७, ट्रेडिङ १ दशमलव ४१ र फाइनान्स ० दशमलव ४ अंकले उकालो लागेको हो ।

मंगलवार १ सय ३६ कम्पनी कारोवारमा आएका थिए । सो दिन ४९ लाख ४१ हजार कित्ता सेयरबाट १ अर्व ८४ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्