Logo

४ सयले ओरालो लाग्यो सुनको मूल्य, चाँदी स्थिर

४ सयले ओरालो लाग्यो सुनको मूल्य, चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले ओरालो लागेको छ । सो दिन सुनको भाउ तोलाको ५८ हजार ३ सय तोकिएको छ ।

सोमवार सुन तोलाको ५८ हजार ७ सयमा कारोवार भएको थियो । यता चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार मंगलवार चाँदी तोलाको ८ सय १५ मा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्