Logo

एफडी मोटर्स र कुमारी बैंकबीच सम्झौता, डाउन पेमेन्ट बिनै विद्युतीय स्कुटर उपलब्ध गराउने

एफडी मोटर्स र कुमारी बैंकबीच सम्झौता, डाउन पेमेन्ट बिनै विद्युतीय स्कुटर उपलब्ध गराउने



काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्राली (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच सम्झौता भएको छ । मंग्लबार एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा ३ लाख रुपैयाँसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएका हो ।

जस अन्र्तगत कुनै पनी ग्राहकहरुले कुमारी बैंक ली.वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।

एफ डि मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य रु. २,६१,९९९ र एफ फाइब ए को मुल्य रु. २,९७,९९९ रहेको छ ।

एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको ५ बिषेश बिषेशताका कारण र सो बिषेशताका बाबजुत पनी यसको मुल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL