Logo

सेयर बजारमा २८ अंकको गिरावट, १९६ कम्पनीको सेयरमूल्य घट्यो

सेयर बजारमा २८ अंकको गिरावट, १९६ कम्पनीको सेयरमूल्य घट्यो



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २८.५९ अंकले घट्दै २०७७ को विन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबार अवधिभर २ सय ६२ कम्पनीका ६० लाख १५ हजार ६७ कित्ता सेयर ४० हजार ८ सय ३७ पटक किनबेच हुँदा कारोबार रकम १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार रुपैयाँ पुगेको हो ।

आज कारोबार भएकामध्ये १ सय ९६ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा १७ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।

आज अप्पर तामाकोशी जलविद्युत कम्पनीको सबैभन्दा बढी ८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL