Logo

हिमालयन ब्रोक्रेजको ‘आजीवन अफर’, एकपटक डिम्याट र मेरो सेयर खोलेपछि नविकरण गर्न नपर्ने

हिमालयन ब्रोक्रेजको ‘आजीवन अफर’, एकपटक डिम्याट र मेरो सेयर खोलेपछि नविकरण गर्न नपर्ने



काठमाडौँ । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) ले नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नका लागि सुनौलो अफरल ल्याएको छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेजले ९ सय ९९ रुपैयाँमा नयाँ डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नविकरण शुल्क नलाग्ने अफर ल्याएको हो ।

अहिले मेरो सेयरको वार्षिक नविकरण शुल्क १ सय ५० रुपैयाँ छ । तर हिमालयनले भने पहिलो पटक ९ सय ९९ रुपैयाँ मेरो सेयर र डिम्याट खाता खोलेपछि थप रकम तिरेर नविकरण गर्न नपर्ने अफर ल्याएको हो ।

नेपाली सेयर बजारमा करिव १६ वर्ष पछि सरकारले नयाँ ब्रोकर लाइसेन्स दिएको थियो । नयाँ ब्रोकर लाईसेन्स पाएसँगै लगानीकर्तालाई थप सेवा सुविधा दिने उद्देश्यले तत्कालका लागि डिम्याट र मेरो सेयर खाता नविरकण गर्न नपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको कम्पनीका पीआर तथा कम्युनिकेशन प्रमु्ख मोनिका सुवेदीले बताईन् ।

‘हाम्रो उद्देश्य लगानीकर्तालाई सरल र सहज रुपमा सेवा सुविधा प्रदान गर्ने हो,’ उनले भनिन्, ‘अहिले कतिपय लगानीकर्ताहरुको समयमै मेरो सेयर नविकरण नगर्दा कारोबार गर्नबाटै वञ्चिन हुनु परेको अवस्थामा छ भने त्यसका लागि वार्षिक रुपमा १ सय ५० तिर्न पर्ने वाध्यता छ ।’ तसर्थ लगानीकर्तालाई सहज होस भन्ने उद्देश्यले आजीवन नविकरण अफर ल्याएका हौं ।

हिमालयन ब्रोक्रेज नेपाल धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले संचालन गर्दै आएका छन् । उनी विगत डेड दशक देखि सेयर बजारमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL